१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पत्रकारको अधिकार संरक्षणका लागि महासंघ प्रतिबद्ध छ– अध्यक्ष पोखरेल


0
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष विपुल पोखरेलले श्रमजीवी पत्रकारहरूको हक अधिकारको संरक्षणका लागि महासंघ प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ इमेज च्यानल प्रतिष्ठानले आयोजना गरेको पदभार ग्रहण कार्यक्रममा उहाँले नयाँ कार्यसमितिले बाँकी रहेका श्रमजीवीका मुद्दालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अहिले पनि सञ्चार गृहमा श्रमजीवी पत्रकारहरूले न्यूनतम पारिश्रमिक समेत नपाएको भन्दै उहाँले श्रमको उचित सम्मानका लागि सबै सञ्चार गृह सञ्चालकहरूलाई आग्रह गर्नुभयो ।

पदभार कार्यक्रममा पत्रकार महासंघ प्रतिष्ठानका अध्यक्ष बालकृष्ण अधिकारी, नेपाल पत्रकार महासंघ इमेज च्यानल प्रतिष्ठानका नवर्निवाचित अध्यक्ष शंकर खनालले श्रमजीवी पत्रकारको हितमा काम गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा अध्यक्ष पोखरेल, इमेज च्यानल निर्वाचन समितिले इमेज च्यानल प्रतिष्ठान शाखाका नवर्निवाचित अध्यक्षलगायतका पदाधिकारीलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।