२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मुलुकलाई निकास दिलाउन कांग्रेसको सरकार आवश्यक भएको नेता सिंहको भनाइ


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको अस्थीर राजनीतिक अवस्थाबाट मुलुकलाई निकास दिलाउन कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेको बताउनुभएको छ ।

मंगलबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै सिंहले वर्तमान सरकारले मुलुकलाई अस्थीरता तर्फ लगेको र नैतिकता गुमाएकाले मुलुकलाई विधिसम्मत तरिकाले निकास दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नु भयो ‘जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्न भने पनि देशको अवस्थालाई हेरेर, अस्थिर राजनीतिलाई स्थिर बनाउन र बाँकी समयमा विकास निमार्णका काम गरी निवार्चन गराउन कांग्रेसको नेतृत्वको सरकार आवश्यक छ ।’

सिंहले नेपाली कांग्रेसले पाएको जिम्मेवारी सधैँ पूरा गरेको र अहिले पनि पूरा गर्ने बताउनुभयो । मुलुकलाई दुर्घटनाबाट बचाउन ओली सरकारलई हटाउन कांग्रेस आफैँ अग्रसर भएको उहाँको दाबी छ ।

‘अहिलेको सरकारले न भष्ट्राचार रोक्यो, न सुशासन कायम गर्‍यो, न विकास निमार्णका कार्य ग¥यो, विकास बजेट सम्म पनि खर्च गर्न सकेन,’ उहाँले भन्नुभयो, ‘राजनीतिमा नैतिकताको धेरै महत्व हुन्छ, यो सरकारले नैतिकता गुमाइसकेको छ, अब यसको विकल्प तत्काल दिनुपर्छ ।’

कांगे्रसका लागि देश र जनता महत्वपूर्ण भएको बताउँदै नेता सिंहले अहिलेको अवस्थाबाट निकास दिलाउन आफूहरू सरकारमा जाने टिप्पणी गर्नुभयो ।

नेता सिंहले कांग्रेसको १४औं महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुनेमा विश्वास दिलाउनुभयो ।