२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


सुरक्षित रूपमा नयाँ वर्ष मनाउन देउवाको आग्रह


0
Shares

nepali congress

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ बर्षको उपलक्ष्यमा शुभकामना सन्देश दिनु भएको छ ।

देउवाले शुभकामना सन्देश दिँदै मुलुकमा फेरि पनि कोभिड–१९ को प्रभाव र जोखिम बढ्दै गएको स्थितिलाई दृष्टिगत गरी सुरक्षित रूपमा नयाँ वर्ष मनाउन सबैलाई आग्रह गर्नु भएको छ ।

उहाँले अनिवार्य रूपमा मास्क, स्यानेटाइजरको प्रयोग गर्नुका साथै भौतिक दूरी कायम गर्ने, भीडभाडयुक्त सार्वजनिक चियापान, भोजभतेरलगायत कार्यक्रम नगरी सुरक्षित रुपमा नयाँ वर्ष मनाउन आग्रह गर्नु भएको छ ।