१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


प्रधानमन्त्रीले आज द्वन्द्वपीडितलाई सम्मान गर्ने


0
Shares

काठमाडौं । नयाँ वर्ष २०७८ का अवसरमा सरकारले द्वन्द्वपीडितलाई सम्मान गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वपीडितलाई सरकारका तर्फबाट सम्मान गर्ने कार्यक्रम तय भएको हो ।

तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वकालमा लडाकु रहेका र हालसम्म राज्यले उचित सम्मान र सम्बोधन नगरेका र अन्य पीडितलाई सम्मान गर्न लागिएको बताइएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री ओलीले वैशाख १ गते दिउँसो सम्मान कार्यक्रम हुने जानकारी दिनुभयो ।