१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोलकताले हारेपछि शाहरुख निराश, फ्यानसँग माफी मागे


0
Shares

एजेन्सी । आइपीएलमा कोलकता नाइटराइडर्स १० रनले पराजित भएपछि शाहरुख खानले आफ्ना फ्यानसँग माफी मागेका छन् ।

मुम्बइ इन्डियन्ससँग कोलकताले हारेपछि कोलकता टीमका सहमालिक खानले निराश हुँदै फ्यानसँग माफी मागेका हुन् ।

शाहरुखले भनेका छन्, निराशाजनक प्रदर्शन, यति भन्छु कोलकता नाइट राइडर्स सबै फ्यान्ससँग माफी माग्दछ ।

कोलकताका स्टार स्पिनर हरभजन सिंहले पनि आफ्नो टीमको हारले दुखी भएको भन्दै ट्विट गरेका छन् ।

गएराति सम्पन्न खेलमा कोलकता नाइट राइडर्सलाई १० रनले पराजित गर्दै मुम्बईले पहिलो जित हात पारेको थियो ।