१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


विद्युतकाे आन्तरिक उत्पादन बढे्न, तराईमा विद्युतकाे माग १५० मेगावाटले वृद्धि


0
Shares

काठमाडौं । चैत महिना बितसिक्दा पनि विद्युतको आन्तरिक उत्पादन बढ्न सकेको छैन । उत्पादन नबढे पनि माग भने बढेको छ । तराइको गर्मीले विद्युत् माग १५० मेगावाटभन्दा बढीले वृद्धि भइसकेको छ ।

वृद्धि भएको विद्युत् माग व्यवस्थापन गर्न प्राधिकरणले भारतबाट ल्याउने विद्युत्को हिस्सा बढाएर करिब पौने दुई करोड युनिट पु¥याएको छ ।

केही दिन अघि १३ सय मेगावाटसम्ममा झरिसकेको उच्चतम विद्युत् माग अहिले १४ सय ५० मेगावाट भन्दा पनि माथि पुगेको छ । आन्तरिक उत्पादन नबढेपछि भारतबाट आयात गर्ने विद्युत्को परिमाण बढेर एक करोड ६८ लाख ४५ हजार युनिट पुगेको प्राधिकरणले जनाएको छ ।

स्वदेशी उत्पादन भने प्राधिकरणको ५८ लाख ९० हजार युनिट र निजी क्षेत्रको ४२ लाख १८ हजार युनिट गरी एक करोड एक लाख युनिट मात्रै पुगेको छ । विगतमा पनि प्राधिकरण र निजी क्षेत्रबाट गरि ९० लाख युनिटदेखि एक करोड युनिटसम्म ऊर्जा उत्पादन भइरहेको थियो । तराईमा माग ह्वात्तै बढेपछि कुल विद्युत माग दुई करोड ७१ लाख २३ हजार युनिट पुगेको छ ।

बढेको माग अनुसार तराइमा आपूर्ति नहुँदा प्राधिकरणको वितरण प्रणालीमा आउने अवरोध पनि बढेको छ । पछिल्लो समय भैरहवा लगायतका औद्योगिक क्षेत्रमा मागेजति विद्युत् आपूर्ति नहुँदा ट्रिपिङको समस्या बढेको छ । अहिले दैनिक करिब दुई लाख युनिटदेखि अधिकतम ९ लाख युनिटसम्म आपूर्तिमा अवरोध भइरहेको प्राधिकरणको तथ्यांक छ ।