१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विष्णुमति नदी सफाइ अभियान शुरु


0
Shares

काठमाडौं । नयाँ वर्ष २०७८ को अवसर पारेर आजदेखि विष्णुमति नदी सफाइ अभियान शुरु गरिएको छ । विष्णुमति सफाइ अभियानको आयोजनामा बुधबार बिहान विष्णुमति नदीको शोभा भगवती क्षेत्रबाट सफाइ अभियान प्रारम्भ गरिएको छ ।

विष्णुमति नदी उपत्यकाबासीको सभ्यता, धर्म, परम्परा र जीवनपद्धतीसँग जोडिएको भए पनि हाल प्रदुषित अवस्थामा रहेका कारण वातावरण बिग्रदै गइ मानव स्वास्थ्यलाई समेत असर पर्न थालेकाले नदी सफाइ अभियान सञ्चालन गर्नुपरेको सांसद जीवनराम श्रेष्ठले बताउनुभयो ।

विष्णुमति सफाइ हरेक महिनाको अन्तिम शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म गरिने उहाँले जानकारी दिनुभयो । आगामी दिनमा अझै बढी समय दिइने पनि उहाँको भनाइ छ ।

विष्णुमति सफाइमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, काठमाडौँ महानगरपालिका, विभिन्न संघसंस्थाहरु र स्थानीयको सहभागिता रहेको रहेको थियो । विष्णुमति सफाइ अभियानलाई थप विस्तार प्रभावकारी बनाउँदै लगिने आयोजकले जनाएको छ ।