१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओली सरकारले लोकतन्त्र र संविधान धरापमा पार्यो– नेता सिंह


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्र र संविधान नै धरापमा पारेको बताउनुभएको छ ।

नेपाली कांग्रेस चितवन खैरहनीमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमा बोल्दै नेता सिंहले संविधान, लोकतन्त्र र संघीयता जोगाउनको लागि नेपाली कांग्रेसको नेतृत्वको सरकार आवश्यक रहेको बताउनुभयो ।

‘देशमा सरकार छ कि छैन, भनेर खोज्नु पर्ने अवस्था छ,’ उहाँले भन्नु भयो ‘यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । ओलीले नैतिक, राजनैतिक तवरले प्रधानमन्त्री हुने वैधाानिकता गुमाए । ओलीले तत्काल राजीनामा दिनुपर्छ ।’

साथै नेता सिंहले नेपालमा लोकतन्त्र जोगाउनको लागि कांग्रेस मजबुत हुनुपर्ने भन्दै आगामी महाधिवेशन समयमै हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसले देश र जनतालाई संकट पर्दा सधै महत्वपुर्ण भुमिका खेल्ने गरेको छ । नेपाली जनताको पार्टी नेपाली कांग्रेस हो । राणा शासन हटाउने देखि प्रजातन्त्र स्थापना र संविधान निमार्णमा कांग्रेसले महन्वपुर्ण भुमिका खेल्ने गरेको छ ।’

सरकारले समृद्ध नेपाल सुखी नेपाली नारामा मात्र सीमित गरेकोे भन्दै प्रदेश सरकार र स्थानीय सरकारको अधिकार खोस्ने प्रयास गरिरहेको उहाँको दाबी छ । लोकतन्त्र भए मात्र जनताले आफ्नो शासनको महसुस गर्ने हुदाँ अहिले नेपाली कांग्रेसले संविधान र लोकतन्त्र धरापमा परेकाले कांग्रेस बाध्य भएर सरकार निमार्णमा अग्रसरता लिएको उहाँको भनाइ छ ।

फरक प्रसङ्गमा मा बोल्दै पार्टीको अधिवेशन निर्धारित समयमा गर्नुको विकल्प नभएको बताउँदै पार्टी विधानको गलत प्रयोग गरिएको आरोप लगाउनुभयो । पार्टीलाई विधिमा चलाउन नसक्नु अहिलेको नेतृत्वको कमजोरी भएको आरोप लगाउँदै उहाँले पार्टीमा सबै आ–आफ्नो हैसियत र औकातभित्र रहनु पर्ने बताउनुभयो ।

गलत नेतृत्व चयन भए कांग्रेसको अस्तित्व समाप्त हुने भएकाले सुझबुझ प्रयोग गर्न नेता सिंहले कार्यकर्तालाई अपिल गर्नुभयो । पार्टिभित्र पुराना इमान्दार नेता कार्यकर्ता को अवमूल्यन गरिकाले पार्टिको दुरावस्था भएको उहाँको भनाइ छ ।