
web pic
गुल्मी । प्यूठानमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी चढेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो । बुधबार बिहान गुल्मीबाट छुटेको लु १ ज १६५५ नम्बरको जिप प्यूठानको स्वर्गद्वारी नजिकै रुमालेमा दुर्घटना भएको हो ।
दुर्घटनामा दुई जनाको घटनास्थलमै र दुई जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
दुर्घटनामा परेको गाडीमा जिल्ला प्रशासन कार्यालय गुल्मीका श्याम न्यौपाने, सुर्य पन्थी, सुनिता कँडेल, तारा थापा, रेमलाल पन्थी, दिलबहादुर थापा, सन्दिप परियार लगायतको टोली सवार रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्