१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


नयाँ वर्षमा नयाँ सुरुवात : कुहिने र नकुहिने फोहोरलाई छुट्टै राख्ने अभियान सुरु


0
Shares

अर्घाखाँची । नयाँ वर्षको अवसरमा सन्धिखर्क नगरपालिकाले कुहिने र नकुहिने फोहोरलाई छुट्टै राख्ने अभियान सुरु गरेको छ ।

प्लाष्टिक, रबर, नाइलन, धातु, खाद्य, काठ, सिसा, कागजलगायतलार्ई फोहोरको वर्गीकरणअनुसार राख्ने अभियान थालिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । फोहोर व्यवस्थापन गर्न विभिन्न किसिमका चुनौती देखिएपछि अभियान थालिएको हो ।

दोस्रो चरणमा फोहोर व्यवस्थापनका लागि नगरपालिकाभित्र रहेका २८ वटा टोलसुधार समितिका अध्यक्षले त्यसको व्यवस्थापनमा लाग्ने सन्धिखर्क नगरपालिकाले जनाएको छ । कुहिने र नकुहिने फोहोर व्यवस्थापनका लागि छुट्टाछुट्टै गाडीको व्यवस्था गरिएको छ ।