
काठमाडौं । कोरोना संक्रमण तीव्र भएपछि भारतमा कक्षा १० को परीक्षा रद्द गरिएको छ भने १२ कक्षाको परीक्षा स्थगित गरिएको छ ।
शिक्षा मन्त्री रमेश पोखरियालल निशंकले सामाजिक सञ्जालमार्फत कक्षा १० नतिजा आन्तरिक मूल्याङ्कतमार्फत गरिने र त्यसको लागि केन्द्रीय माध्यमिक शिक्षा बोर्डले मापदण्ड तयार पार्ने जानकारी दिनुभयो ।
यस्तै कक्षा १२ को परीक्षा तत्कालका लागि स्थगित गरिएको छ । यसको विषयमा पछि थप निर्णय गरिने उहाँको भनाइ छ । मन्त्री पोखरियालले यस विषयमा जुन १ तारिखमा बस्ने बैठकले समीक्षा गर्ने बताउनुभयो ।
प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको उच्चस्तरीय समितिको बैठकपछि शिक्षा मन्त्रालयले परीक्षाको विषयमा निर्णय गरेको हो । मंगलबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाले कोरोना संक्रमण बढेको कारण माध्यमिक शिक्षा परीक्षा रद्द गर्न अपिल गर्नुभएको थियो ।
केन्द्रीय माध्यमिक शिक्षा बोर्डले लिने परीक्षा ४ देखि १४ मे सम्म सञ्चालन हुने तय गरिएको थियो । भारतमा २१ लाख ५० हजार विद्यार्थीले कक्षा १० को परीक्षाको तयारी गरिरहेका थिए भने १४ लाख ३० हजार विद्यार्थी कक्षा १२ को परीक्षाको तयारीमा छन् ।
प्रतिक्रिया दिनुहोस्