१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


चितवनको सात ठाउँमा जनगणना कार्यालय स्थापना


0
Shares

चितवन । राष्ट्रिय जनगणना २०७८ को लागि नयाँ बर्षको पहिलो दिन चितवनमा सात वटा जनगणना कार्यालयको स्थापना गरिएको छ ।

केन्द्रीय तथ्याङ्क विभागको जनगणना सम्बन्धी तालिका अनुसार कार्यालय स्थापना गरेको जनगणना अधिकारी यज्ञमुर्ति भण्डारीले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिका अन्तर्गत भरतपुर–१० को तथ्याङ्क कार्यालय, भरतपुर–६ को गितानगर र भरतपुर–२० वडा कार्यालयको भवन नयाँबजारमा स्थानीय जनगणना कार्यालयको स्थापाना गरिएको हो ।

त्यस्तै रत्ननगर नगरपालिकाको भवनमा, राप्ती र खैरहनी नगरपालिका हेर्ने गरी राप्ती नगरपालिकाको भवनमा, कालिका नगरपालिका र ईच्छाकामना गाउँपालिका हेर्ने गरि कालिका नगरपालिकाको रेडक्रस ग्राममा कार्यालय स्थापना गरिएको हो ।

सार्वजनिक बिदा भएपनि केन्द्रको तालिका अनुसार बुधबार कार्यालय स्थापना गरिएको भण्डारीले बताउनुभयो । कार्यालयमा बैशाख १ देखि असार मसान्तसम्म मात्र काम हुनेछ । कार्यालयका लागि स्थानीय जनगणना अधिकारी समेत खटाइएको छ ।

७ जना स्थानीय जनगणना अधिकारीलाई कार्यादेशसहित कार्यक्षेत्रमा पठाइएको छ ।