१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नयाँ वर्षमा चितवनमा आन्तरिक पर्यटक खचाखच (तस्वीरहरू)


0
Shares

डोलराज रानाभाट
चितवन । नयाँ बर्ष २०७८ को पहिलो दिन चितवनका पर्यटकीय स्थलहरूमा आन्तरिक पर्यटकको घुँइचो लागेको छ ।

कोरोना संक्रमणको जोखिमका कारण भीडभाड नगर्न प्रशासनले आग्रह गरे पनि बेवास्ता गर्दै पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको घुँइचो लागेको हो ।

गत वर्ष लकडाउनका कारण नयाँ वर्ष मनाउन नपाएका स्थानीय यसपटक भने भिडभाड गरेरै घुमेका छन् । जिल्लाको सौराहा, पटिहानी स्थित अम्रेला स्ट्रीट, नारायणी नदी किनारमा मानिसहरूको भीड लागेको हो ।

परिवारसहित नयाँ बर्ष मनाउन आएका अधिकांशले सेल्फि लिन, टिकटक बनाउन बढी व्यस्त देखिए । अम्रेला स्ट्रीटमा मात्रै ५ हजार बढी पर्यटक आएको संरक्षणकर्मी अपिल घिमिरेले जानकारी दिनुभयो ।

नारायणी नदी किनारमा आएका पर्यटकले मोटरबोट चढेर आनन्द लिए ।