
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशी–विदेशी शक्तिहरू राजतन्त्र स्थापित गर्न लागिपरेको बताउनुभएको छ ।
अखिल (छैठौं)ले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै केसीले ७० वर्ष देखि लडेर ल्याएको दलीय व्यवस्था, गणतन्त्र, धर्म निरपेक्षता सबै धरापमा परेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाली जनताले आन्दोलनबाट राजतन्त्र हटाए पनि अहिले देशी–विदेशी शक्तिहरू राजतन्त्र स्थापित गर्न लागिपरेका छन् ।’
अध्यक्ष केसीले नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता धरापमा परेको बताउनुभयो । दलीय व्यवस्था, गणतन्त्र, धर्म निरपेक्षतालाई संस्थागत गर्न चुनौती रहेको उहाँको भनाइ छ ।
केही दिन अघि पूर्वराजा ज्ञानेन्द्र शाहलाई भारतको हरिद्वारमा शाही स्नान गरिएको थियो । त्यहाँका साधुसन्तको पूर्वराजा शाहको सम्मानका साथ स्नान गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्