२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नाइजरको विद्यालयमा आगलागी हुँदा २० बालबालिकाको जलेर मृत्यु


0
Shares

एजेन्सी । अफ्रिकी मुलुक नाइजरको एक विद्यालयमा आगलागी हुँदा २० बालबालिकाको जलेर मृत्यु भएको छ ।

नाइजरको राजधानी नियोमेमा रहेको विद्यालयमा भएको आगलागीमा दर्जनौ विद्यार्थी घाइते भएका छन् ।

विभिन्न कक्षा कोठामा विद्यार्थीहरु अध्ययनरत रहेकै बेला आगलागी भएको हो । अआगलागीबाट विद्यालयका सम्पूर्ण कोठा जलेर नष्ट भएका छन् ।

यसैबीच नाइजरका प्रधानमन्त्री ओहोउमोन्डेउ मोहमदले घटनास्थलको निरीक्षण गरी पीडित परिवारलाई उचित राहत दिने घोषणा गर्नुभएको छ ।

उता अभिभावकहरुले भने विद्यालयका लापरवाहीका कारण आफ्ना बालबालिकाको ज्यान गएको भन्दै सरकारको आलोचना गरेका छन् ।