१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काँकडभिट्टा र भद्रपुर नाका सिल


0
Shares

झापा । भारतको पश्चिम बंगाल राज्यमा हुने निर्वाचनका लागि नेपालसँग सीमा जोडिएका पूर्वी नाका सिल गरिएको छ ।

आज बिहानदेखि ७२ घण्टाका लागि नाका सिल गरिएको हो । पश्चिम बंगालमा वैशाख ४ गते राज्य सभाको निर्वाचन हुँदै छ ।

उक्त निर्वाचनलाई लक्षित गर्दै काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आज बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा नाका सिल गरिएको जानकारी दिनुभयो ।

सो समयमा यातायात तथा मानिसलाई आवतजावत गर्न पूर्ण रोक लगाइएको छ ।