
बारा । सिमरामा जारी ११ औं जीतपुरसिमरा गोल्डकप अन्तर्गत हिजो साँझ भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।
वीरगञ्ज युनाइटेड क्लबलाई ४—१ ले पराजित गर्दै आर्मीले क्वाटरफाइनलमा स्थान सुरक्षित बनाएको हो ।
आर्मीलाई जीत दिलाउन जर्ज प्रिन्स कार्की एक्लैले दुई गोल गर्दा सन्तोष केसी र सुसान्त चौधरीको नाममा एक÷एक गोल दर्ता भयो ।
वीरगञ्जका लागि चतुर्धन चौधरीले एक गोल गरे । प्रतियोगीता अन्तर्गत आज भरतपुर एफसी चितवन र बागमती युवा क्लब सुर्लाहीबीच खेल हुनेछ ।
प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्