
काठमाडौं । बिस्का जात्रा अन्तरगत भक्तपुरको बोडेमा आज ‘मे प्वा खनिउ जात्रा’ अर्थात जिब्रो छेड्ने जात्रा हुँदैछ ।
यो वर्ष पनि बुद्धकृष्ण बाग श्रेष्ठले आठौं पटक जिब्रो छेड्दै हुनुहन्छ । त्यसका लागि उहाँ चैतको अन्तिम सातादेखि निराहार रहनुभएको छ ।
उहाँले पानी मात्र खाएर बस्नुभएको छ । निरआहार बस्दा जिब्रोमा स्वाद नबस्ने र जिब्रो नरम हुने भएकाले उपवास बसेको उहाँले बताउनुभएको छ ।
यो वर्षका लागि पनि बोडेको लाकुछेंका नकर्मीहरुले जात्रामा जिब्रो छेड्नकालागि ११ इन्चको नटुचा तयार पारेर राखेका छन् ।
पेशाले एम्बुलेन्स चालक रहनुभएका बुद्धकृष्णले अघिल्लो वर्ष कोरोनाको कारणले एम्बुलेन्स चलाउनुपरेकाले जिब्रो छेड्न पाउनुभएको थिएन ।
प्रतिक्रिया दिनुहोस्