
काठमाडौं । सरकारले कोरोना प्रभावित निर्माणाधीन जलविद्युत् आयोजनाको निर्माण अवधि १ वर्ष थप गर्ने निर्णय गरे पनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।
नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले थप निर्णय गरेपछि मात्रा प्रभावित आयोजनाहरूले तोकिएको छूट तथा सुविधा पाउने भएका हुन् ।
गत फागुनको पहिलो साता मन्त्रीस्तरीय निर्णयबाट कोरोना प्रभावित आयोजनाहरूलाई विभिन्न राहत दिनेगरी ऊर्जा मन्त्रालयले निर्णय गरेको थियो ।
त्यसमध्ये निर्माणाधीन आयोजनाको निर्माण अवधि १ वर्ष थप गर्ने निर्णय पनि थियो । त्यसलाई कार्यान्वयन गर्न प्राधिकरणको सञ्चालक समितिबाट पनि निर्णय गर्नुपर्ने भएको हो ।
विद्युत् उत्पादन मिति विद्युत् प्राधिकरणसँग सम्बद्ध रहेकाले थप निर्णय गर्नुपर्ने भएको हो ।
प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बोर्डबाट थप निर्णय भएपछि मात्रा यो विषय कार्यान्वयन हुने जानकारी दिनुभयो ।
यसअघि पनि प्रसारण लाइन नबन्दा लगायत समस्याका कारण कतिपय आयोजनाहरूको विद्युत् उत्पादन मिति थप भइसकेको छ ।
आयोजनाको अवस्था हेरेर प्रवद्र्धक कम्पनीहरूलाई विद्युत् उत्पादनको नयाँ तालिका दिने प्राधिकरणले बताएको छ ।
सरकारले दिने भनेको अवधि थपको सुविधा उपभोग गर्न हालसम्म १३८ आयोजनाले प्राधिकरणमा आवेदन दिएको विद्युत् व्यापार विभागका प्रमुख प्रबल अधिकारीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्