१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पार्कमा चलिरहेको अभिषेकको शुटिगं प्रहरीले बन्द गर्‍यो


0
Shares

एजेन्सी । भारतीय अभिनेता अभिषेश बच्चनको शुटिगं प्रहरीले बन्द गरिदिएको छ । लखनउमा फिल्म शुटिगं गरिरहेका अभिषेकको शुटिगं प्रहरीले बन्द गरिदिएको हो ।

पार्कमा शुटिगं चलिरहेको थियो, शुटिगं गर्नको लागि दिइएको अनुमतिपत्र पनि थियो तै पनि प्रहरीले उनको शुटिगं बन्द गरिदिएको छ ।

कोरोना संक्रमणको महामारीलाई ध्यानमा राख्दै प्रहरीले शुटिगं बन्द गरेको हो । अभिषेकको स्टार फिल्मको शुटिगं लखनउमा भैरहेको थियो ।

प्रहरी अधिकारी सुमन वर्माका अनुसार शुटिगंमा ५० देखि ६० जना सहभागी थिए, त्यहीबाट काेराेना संक्रमण ‌ तीव्र हुने त्रासका कारण शुटिगं बन्द गर्नु परेको छ ।

पछिल्लो समय भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ । हिजोमात्रै भारतमा २ लाखमा कोरोना संक्रमण पुष्टि भएको थियो भने १ हजार बढीको मृत्यु भएको थियो ।