
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपालाई बलियो शक्ति बनाउन सके मात्र पूर्वप्रधानमन्त्री एवं राप्रपाका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।
संस्थापक अध्यक्ष थापाको स्मृति दिवसको अवसरमा कमल थापाले, राप्रपा सूर्यबहादुर थापाको ‘लिगेसी’ भएकाले काङ्ग्रेस र कम्युनिष्टको विकल्पको रूपमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्न सुर्यबहादुर थापाले चाहेको बताउनुभयो ।
कमल थापा भन्छन्, ‘राप्रपाका संस्थापक अध्यक्ष, पुर्वप्रधानमन्त्री तथा नेपाली राजनीतिका शिखर व्यक्तित्व सूर्यबहादुर थापाको निधन भएको आज ५ वर्ष पूरा भयो । स्व.थापाको दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै सादर श्रद्धान्जली व्यक्त गर्दछु ।’
‘राप्रपा स्व.सूर्यबहादुर थापाको ‘लिगेसी’ हो, उहाँको काङ्ग्रेस र कम्युनिष्टको विकल्पमा एउटा बलियो शक्ति निर्माण गर्न चाहनुहुन्थ्यो । त्यसैले राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने संकल्प पुरा गरौं, त्यही नै स्व.थापाप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।’
प्रतिक्रिया दिनुहोस्