
एजेन्सी । चीनको हेइलोङ्गाङको एक सरकारी कार्यालयको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । भाइरल भिडियोमा एक महिलाले बाँसको लौरोले एक पुरुषलाई कुट्दै पानी मुखमा छ्यापेको देख्न सकिन्छ ।
यसका साथै अफिसमा भएको काजगात पनि उनको मुखमा झटारो हान्छिन् । पुरुषले भने आफूलाई सकभर जोगाउने प्रयास गरिरहेको भिडियोमा देखिन्छ । कतिपय समयमा महिला अफिसको यताउता गरेर फोनमा कुरा गरेकी छन् ।
उक्त महिलाले आफ्नो अफिसको हाकिमले आफूलाई तीनपटक सम्म अश्लिल म्यासेज गरेको आरोप लगाउँदै पुरुषमाथि आक्रमण गरेकी हुन् । अफिसका अन्य महिला कर्मचारीलाई पनि हाकिमले फ्लर्ट गर्ने गरेको उनको भनाइ छ । पुरुषले भने आफूले जोकको हिसाबले म्यासेज पठाएको बताएको भिडियोमा देखिएको छ ।
वाङ्ग नामक पुरुष गरिबी हटाउने सरकारी कार्यालयको कार्यकारी निर्देशक थिए । भिडियो बाहिर आएपछि उनलाई बर्खास्त गरिएको समाचारमा उल्लेख छ । सामाजिक सञ्जालमा लाठी प्रहार गर्ने महिलाको प्रशंसा भइरहेको छ ।
चीनको समाचार एजेन्सी सिन्ह्वाका अनुसार आन्तरिक अनुसन्धानमा दोषी पाएपछि पुरुषलाई कारबाही गरिएको हो । घटनापछि महिलालाई भने कुनै पनि कारबाही गरिएको छैन । चीनको फेमिनिस्ट एक्टिभिस्ट लू टाइम्स वेबसाइटसँगको अन्तर्वार्तामा यस्ता घटनाहरूमा चीनमा प्राय महिलाहरुले शोषण झेलेपछि पनि चुप बस्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्