
एजेन्सी । चीनले आणविक भट्टीबाट निस्किने फोहोर पानी समुन्द्रमा नफाल्न जापानलाई आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयले जापानले आणविपक भट्टीबाट निस्कने दुषित पानी फालेको भन्दै यसमा सम्वेदनशील बन्न जापान सरकारसँग आग्रह गरेको हो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाउ ली च्येनले जापानको आणविक प्लान्टबाट निस्किने फोहोर पानी समुद्रमा छोडिएको प्रति चीन र दक्षिण कोरियाले गम्भीर चिन्ता र असन्तुष्टि व्यक्त गरेको बताउनुभएको छ ।
चीन र दक्षिण कोरियाले एक दिन पहिले सामुद्रिक मामिला सम्वाद र सहयोग संयन्त्रको बैठक आयोजना गरेर समुद्रमा फोहोर पानी फालिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
दुवै पक्षले समुद्रमा आणविक फोहोर पानी निकाल्ने जापानको ‘एकपक्षीय’ निर्णयको बविरोध गरेको समाचार संस्था सिन्ह्वाले जनाएको छ । प्रवक्ता चाउले जापानको आणविक फोहोर पानी सुरक्षित छ भन्ने दावी मात्र एकपक्षीय तथ्यांकमा मात्र निर्भर रहेको र यसको अन्तर्राष्ट्रिय वातावरणमामिला अध्ययन गर्ने संघसंस्था र छिमेकीहरूको विश्वास लिन आवश्यक रहेको बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्