२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ईमेजमा समाचार आएपछि राष्ट्रपतिद्वारा गाँजीपुरका स्थानीयसँग निवासमै भेट


13
Shares

डोलराज रानाभाट
चितवन । स्वर्गीय नेता मदन भण्डारीको शव फेला पार्ने चितवन भरतपुर– १७ गाँजीपुरका स्थानीयसँग राष्ट्रपति विद्यादेवी भण्डारीले प्रत्यक्ष भेट गर्नु भएको छ ।

राष्ट्रपति भएपछि विद्यादेवी भण्डारी गाँजीपुर नफर्किएको भन्ने रिपोर्ट ईमेज च्यानलमा प्रसारण भएपछि राष्ट्रपति भण्डारीले शितल निवासमै बोलाएर कुराकानी गर्नुभएको हो ।

मदन भण्डारीको शव फेला पार्ने पहिलो चार व्यक्तिमध्ये भरतपुर १७ गाँजीपुरका हेमबहादुर थापा एक हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् ।

यही चैत्र ३० गते घरकै काममा व्यस्त हुनुहुन्थ्यो उहाँ । एक्कासी चितवनकै सांसद पार्वती रावलको फोन आयो । तपाईलाई राष्ट्रपति विद्यादेवी भण्डारीले भेट्न बोलाउनुभएको छ भन्ने सन्देश दिँदा हेमबहादुर अचम्मीतसँगै दङ पर्नुभयो ।

गाँजीपुरमा ठूलो र ऐतिहासिक वृहत पार्क निर्माणसँगै नारायणी नदीमा व्यस्थित तटबन्धनमा राष्ट्रपतिले विशेष चासो दिनुपर्ने साथै व्यक्तिगत रुपमा पनि केही हेरिदिए हुने बारेकोे रिपोर्ट इमेज च्यानलमार्फत सार्वजनिक भएको केही दिनमै उहाँलाई फोन आएको थियो ।

राष्ट्रपति भएपछि गाँजीपुर नफर्किएको र यस ठाउँको विकासमा थप चासो दिनुपर्ने बताउनुभएका हेमवहादुर चैत्र ३१ गते विहानै शव फेला पार्ने अर्का एक कृष्णराज ठकुरी र परिवारका केही सदस्यसहित काठमाण्डौ जानुभयो ।

शितल निवासमा राष्ट्रपतिसँग दिउँसो २ बजे भेटको समय तोकिएपछि के भन्ने के नभन्ने हेम अलमलमै हुनुहुन्थ्यो । देशकै शीर्षस्थ व्यक्तिसँग भेट हुँदै गर्दा उहाँले गाँजीपुरकै विकास र नारायणीमा व्यस्थित तटवन्धनको कुरालाई नै पहिलो प्राथमिकता दिनुभयो ।(हेरौ भिडियो)