२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


इराकमा कार बम विस्फोटमा चारको मृत्यु


0
Shares

एजेन्सी । इराकको राजधानी बगदादमा बम विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ । विस्फोटमा परेर एक जना घाइते भएका छन् ।

शिया जिल्लाको व्यस्त बजारमा कार बम बिस्फोट गराइएको बताइएको छ । इराकी सेनाले भने विस्फोटमा परेर एक जनाको मात्र मृत्यु भएको र १२ जना घाइते भएको दावी गरेको छ ।

उक्त बम बिस्फोटमा परेर पाँच वटा कार क्षतिग्रस्त भएको समाचारमा जनाइएको छ ।
बजारमा पार्क गरेर राखिएका कारसँग विस्फोटक पदार्थ राखिएको कार ठोक्काइएको प्रत्यक्षदर्शीले बताएका छन् ।

गत जनवरीमा आईएसआईएल र आईएसआईएसका लडाकूले एउटा व्यस्त बजारमा बिस्फोट गराउँदा ३२ जनाको मृत्यु भएको थियो ।