१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतमा २४ घण्टामा २ लाख बढी संक्रमित, हजार बढीको मृत्यु


0
Shares

एजेन्सी । भारतमा कोरोना महामारी तीव्र रुपमा फैलिरहेको छ । ठूला शहरमा स्वास्थ्य संकट आएको छ भने अस्पतालमा बिरामीका लागि बेडको समेत अभाव हुन थालेको छ ।

गएको २४ घण्टामा मात्रै भारतमा दुई लाख बढी संक्रमित फेला परेका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार देशभर एकैदिन २ लाख १७ हजार ३५३ कोरोना संक्रमित फेला परेका छन् । संक्रमणका कारण एकैदिनमा १ हजार १८५ जनाले मृत्यु भएको छ ।

लगातार दोस्रो दिन भारतमा २ लाख भन्दा बढी संक्रमित र हजार बढीकाृ मृत्यु भएको हो । राजधानी दिल्ली कोरोनाको इपिसेन्टर बनेको छ ।

बिहीबार मात्रै दिल्लीमा करिब १७ हजार कोरोना संक्रमित फेला परेका छन् भने एक हजार बढीको मृत्यु भएको छ । भारतका विभिन्न राज्यका कोरोना संक्रमण बढेसँगै कर्फ्यु लगाइएको छ ।