१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


हात्तीले लियो एक जनाको ज्यान


0
Shares

सप्तरी । हात्तीको आक्रमणबाट सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा एक किसानको आज मृत्यु भएको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट हनुमाननगर कङ्कालिनी–१ भारदह बस्ने ५८ वर्षीय नारायण प्रमाणीको मृत्यु भएको स्थानीयवासी गङ्गाप्रसाद साहले जानकारी दिनुभयो ।

हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी पाएपछि अहिले घटनास्थलमा आरक्षका रेन्जर जयराम न्यौपाने तथा इलाका प्रहरी कार्यालय कञ्चनरुपको टोली पुगेको वार्डेन अशोक रामले बताउनुभयो ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने तयारी भइरहेको उहाँले बताउनुभयो । कोशी नदी पश्चिम किनार गोलघर नजिक खेतमा काटेर राखिएको गहुँको रखवारी गर्न गएका प्रमाणीको हात्तीले कुल्चेर मृत्यु भएको स्थानीयवासीले बताएका छन् । मृतकका एक श्रीमती, छोरा र छोरी छन् ।