
काठमाडौं । शिक्षक वा विद्यार्थीमा कोरोना भाइरस देखिए काठमाडौँ महानगरपालिकाका विद्यालय बन्द हुने भएका छन् ।
काठमाडौं महानगरपालिकाले त्यस्ता विद्यालयलाई एक साताका लागि बन्द गर्न दिने निर्णय गरेको हो । कोभिड–१९ को समस्या भएका विद्यालय मात्र बन्द गर्न पाउने र सबै विद्यालयलाई एकैपटक बन्द गर्न नदिने महानगरपालिकाले जनाएको छ ।
कोरोना देखिएका विद्यालयमा एक सातासम्म विद्यालय बन्द हुँदा भर्चुअल लगायतका विधिबाट पठनपाठनलाई जारी राख्न महानगरपालिकाले आग्रह गरेको छ ।
यसैबीच अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरोकारवालाको बैठक बसिरहेको छ । बैठकमा शिक्षण संस्थामा कोभिड–१९ ले पारेको असर र आगामी दिनमा अपनाउनुपर्ने विषयका बारेमा निर्णय हुने बताइएको छ ।
काठमाडौ महानगरले संघीय सरकारको निर्णयलाई पनि प्रतिक्षा गरिरहेका जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्