१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पुनः निर्वाचनको माग गर्दै सामुदायिक वन कार्यालयमा तालाबन्दी


0
Shares

झापा । जिल्लाको सुरुङ्गामा रहेको कनकाई सामुदायिक वन कार्यालयमा तालबन्दी गरिएको छ ।

सामुदायिक वन उपभोक्ता समितिको हालै सम्पन्न निर्वाचनमा मतगणनामा धाँधली भएको भन्दै सामुदायिक वनका उपभोक्ताले नै वन कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरुले निर्वाचनको मतगणना पुनः नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

चुनावी मोर्चामा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राप्रपा नेपालले पत्रकार सम्मेलनको आयोजना गर्दै ३० गते भएको मतगणनामा धाँधली भएको पाइएकाले पुनः निर्वाचन गराउन माग गरेका हुन् ।