
बर्दिया । जिल्लामा एक स्कुले बालिका बेपत्ता भएकी छन् ।
मधुवन नगरपालिका–२ ओराली बजारकी सम्पन्नता थारु बेपत्ता भएकी हुन् ।
हिजो बिहान ९ बजे विद्यालय गएकी बालिका घर नफर्किएको परिवारले जानकारी दिएका छन् ।
बेपत्ता थारु नेपाल नमूना माध्यमिक विद्यालय ढोढरीमा कक्षा ७ मा अध्ययनरत छन् ।
बालिकाको खोजीका लागि प्रहरी र सरोकारवाला निकायमा आग्रह गरे पनि अहिलेसम्म फेला परेकी छैनन् ।
प्रतिक्रिया दिनुहोस्