
भैरहवा । सिराहामा सुनचाँदी पसल सञ्चालन गर्दै आएका प्रदिप विश्वकर्माको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न रुपन्देही सुनचाँदी व्यवसायी संघले माग गरेको छ । अमिता ज्वेलर्स सञ्चालन गदैै आएका विश्वकर्माको २०७७ चैत २८ गते राति लुटेरा समूहबाट गोली हानी हत्या भएको घटनामा संघले गम्भीर ध्यानाकर्षण भएको जनानाएको छ ।
घटनामा संलग्न दोषीहरूलाई अविलम्ब पक्राउ गरी हदैसम्मको कारबाही तथा पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्दै संघले ज्ञापनपत्र बुझाएको छ । शान्ति सुरक्षा तथा व्यावसायिक सुरक्षालाई तुस्त बनाइ हरेक व्यवसाय निर्भयताका साथ सञ्चालन हुने वातावरण बनाउन माग गर्दै प्रमुख जिल्ला अधिकारी अस्मान तामाङमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको हो ।
बहुमूल्य धातु तथा पथ्थरको कारोबार हुने सुनचाँदी व्यवसायीको निम्ति सुरक्षा व्यवस्था महत्वपूर्ण हुने भएकोले सुरक्षा व्यवस्था कमजोर हुँदा व्यवसायीहरू ढुक्कले व्यवसाय सञ्चालन गर्ने अवस्था नरहने रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष विश्वकर्माले बताउनुभयो ।

‘लुटेराहरुले प्रदिप विश्वकर्माको श्रीमती अमिता विश्वकर्मालाई समेत कुटपिट गरी अशक्त घाइते बनाइ गरगहनाका साथ नगद समेत लुटेर लगेका छन्, यो घटनाले हामी समस्त सुन व्यवसायीहरुलाई असुरक्षित, त्रसित र भयभित बनाएको छ, मुलुकको सुरक्षा व्यवस्थाप्रति उत्पन्न भएको छ,’ ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्र बुझ्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले सुनचाँदी व्यवसायी संघको माग समेटिएको ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयमा पठाउने जानकारी दिनुभयो । उनले आगामी दिनमा घटना दोहोरिन नदिन सुरक्षा निकाय र व्यवसायी सचेत हुनुपर्ने बताउनुभयो ।
‘व्यवसायीहरूले आफ्ना प्रतिष्ठानमा जडान गरेका सीसीटिभी क्यामेरा ठीक अवस्थामा छन् कि छैनन् बेलाबेलामा ख्याल राख्नुपर्छ, सुरक्षा निकायलाई पनि सुनचाँदी पसल निगरानी गर्न प्रशासन कार्यालयबाट आवश्यक निर्देशन दिइन्छ,’ प्रजिअ तामाङले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्