
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान ११ बजेका लागि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ।
बैठकमा पछिल्लो समसामयिक राजनीति, संसद्को अधिवेशन, बढ्दो कोरोना सङ्क्रमणलगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । सर्वदलिय बैठककाे निमन्त्रणा दिन प्रधानमन्त्री ओलीले नेकपामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई फोन गर्नुभएकाे थियो ।
पछिल्ला केही दिनयता प्रदेश सरकारहरू अस्थिर बन्न लागिरेको र माओवादी केद्रले सरकारलाई दिएको समर्थन तीन दिनभित्र फिर्ता लिने भनेकै भोलिपल्टै प्रधानमन्त्री ओलीले सर्वदलिय बैठक आह्वान गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्