१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुख्यमन्त्री शाहीले पाए विश्वासको मत


0
Shares

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गर्नुभएको छ ।

शुक्रबार बसेको प्रदेश सभाको सातौं अधिवेशनको पहिलो बैठकमा विश्वासको मतको लागि राखिएको प्रस्तावमा उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो ।

विश्वासको मतका लागि २१ सांसद्को मत आवश्यक रहेकोमा मुख्यमन्त्री शाहीले २२ मत पाउनुभएको हो । कर्णाली प्रदेशमा ४० सांसद् रहेकामा ३७ जना उपस्थित थिए । मुख्यमन्त्री शाहीको विपक्षमा १५ सांसद्ले मत दिएका थिए ।

माओवादी केन्द्रबाट मुख्यमन्त्री बन्नुभएका शाहीको दलसँग प्रदेशमा १३ सिट थियो, त्यसमध्ये पनि सांसद् धर्मराज रेग्मीले पद त्याग गरेर एमालेमा प्रवेश गरेपछि १२ सिटमा खुम्चिएको छ ।

आफ्नाे पार्टीकाे १२, नेपाली कांग्रेसकाे ६ र एमालेकाे नेपाल पक्षीय ४ सांसद्काे मतका कारण मुख्यमन्त्री शाहीकाे पद जाेगिएकाे छ । प्रदेश सभामा एक सदस्य रहेको राप्रपा भने तटस्थ रह्यो ।

यो पनि पढ्नुहोस्–
मुख्यमन्त्री शाहीले पाए विश्वासको मत