
काठमाडौं । पार्टीका चार सांसद्ले पार्टीको ह्वीप उल्लंघन गरेपछि नेकपा एमाले कर्णाली प्रदेशको संसदीय दलको आकस्मिक बैठक बसेको छ ।
बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने चार सांसद्लाई कारबाहीको सिफारिस गर्नेछ । पार्टीको फ्लोर क्रस गर्नेलाई कारबाहीको दायरामा ल्याउनको लागि बैठक बसिरहेको बैठकमा सहभागी सांसद् दल रावलले जानकारी दिनुभयो ।
एमालेका चार प्रदेश सभा सांसद्हरू प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले शाहीको पक्षमा मतदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्