१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोनाका सबैभन्दा बढी संक्रमित काठमाडौंमा, जोखिमयुक्त १४ जिल्लाको अवस्था कस्तो ?


0
Shares

प्रज्ञा तिमल्सिना
काठमाडौं । गत पुस महिनादेखि घट्दै गएको कोरोना संक्रमितको संख्या पुनः उकालो लाग्न थालेको छ । चैतको पहिलो सातादेखि बढ्न थालेको संक्रमितको संख्या दिनहुँ बढिरहेपछि स्वास्थ्य मन्त्रालयले १४ जिल्लालाई जोखिमयुक्तको सूचीमा राखको छ । तीमध्ये सबैभन्दा बढी संक्रमित काठमाडौंमा रहेका छन् ।

१४ जिल्लामा संक्रिय संक्रमित र आइसियू तथा भेन्टिलेटरमा बस्नेको तथ्याक समेत बढे पछि सरकारले सचेत हुन आग्रह गरेको छ । काठमाडौं उपत्यकाका सहित १४ जिल्लामा संक्रमितको संख्या बढेसँगै सतर्क रहन भनिएको हो ।

शुक्रबार मात्रै ९ सय जना संक्रमित थपिएका छन् । हाल देशभर १ सय ३८ जनाको भेन्टिलेटर र आइसियूमा उपचार भइरहेको छ । तीमध्ये पनि ५५ जना काठमाडौं उपत्यकामा नै छन् । हाल देखिएका संक्रमितको संख्या मध्ये ३० देखि ३९ उमेर समुहका बढी रहेका छन् ।

जोखिमयुक्त १४ जिल्ला मध्ये काठमाडौंमा सबैभन्दा बढी संक्रमित फेला परेका छन् । देशभर ५ हजार ८ जना संक्रिय संक्रमित छन् । बढी प्रभावित १४ जिल्ला मध्ये हाल काठमाडौमा मात्र १ हजार ६ सय ८९ जना व्यक्ति उपचारमा छन् भने ललितपुरमा ३ सय ८५ , कास्कीमा ३ सय २२ , बाँकेमा ४ सय १५ , रुपन्देहीमा २ सय ४१ , चितवनमा १ सय ७२ , पर्सामा १ सय ५७ , कैलाली १ सय ३५ भक्तपुरमा १ सय ३३ , मोरङ्मा १ सय १९ जना हाल उपचारत छन् ।

गएको ५ दिन यता मात्र काठमाडौंमा ८ सय ९४ जना संक्रमित थपिएका छन् भने ललितपुरमा २ सय १९ बाँकेमा ३ सय ५०, रुपन्देही १ सय ६४, कास्कीमा १ सय ४७ जना कैलालीमा ९७ जनामा संक्रमण देखिएको छ । दिनहुँ उकालो लागिरहेको संक्रमणको दर हेर्दा आगामी दिन थप जोखिमपूर्ण हुने प्रष्ट छ । त्यसैले बेलैमा सावधानी अपनाउन नछोडौं ।