
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनु भएको छ । कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न शनिबार (आज) बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाइएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
त्यसैगरि प्रधानमन्त्री ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री ओलीले सर्वदलीय बैठकको निम्तो दिनका लागि अध्यक्ष प्रचण्डलाई फोन गरेको बताएको छ ।
सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एकता बदर गरी एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि दुई नेताबीच भेटवार्ता भएको छैन । यसअघि गत पुस ५ गते ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दुवैबीच वाक्युद्ध चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्