१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एभर्टन र टोटनह्यामकाे बराबरी


0
Shares

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम बराबरीमा रोकिएको छ । अवे मैदानमा भएको खेलमा सुरुवाति अग्रता लिएर पनि टोटनह्यामले यसलाई जोगाउन सकेन ।

एभर्टनसँग २–२ को बराबरी खेल्ने क्रममा टोटनह्यामका लागि २७ र ६८ औं मिनेटमा ह्यारी केनले गोल गरेका हुन् । एभर्टनका लागि ३१ र ६२ औ मिनेटमा जी सिगुर्डसनले गोल गरेका थिए ।

बराबरीपछि ३२ खेलबाट ५० अंकसहित टोटनह्याम सातौं तथा ३१ खेलबाट ४९ अंकसहित एभर्टन आठौं स्थानमा छ । टोटनह्यामका लागि दुई गोल गरेका ह्यारी केन खेलको अन्तिम समयमा चोटग्रस्त भए । इन्जुरी समयमा उनको गोली गाँठोमा समस्या देखिएको हो ।