१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतमा दैनिक २ लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिन थाले


0
Shares

corona india record high death

एजेन्सी । भारतमा दैनिक २ लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिन थालेका छन् । गत २४ घण्टाभित्र त्यहाँ २ लाख ३३ हजार ९४३ जना नयाँ संक्रमित थपिएको भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् ।

कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या एक करोड ४५ लाख २१ हजार ६८३ पुगेको छ । संक्रमितमध्ये एक करोड २६ लाख ६६ हजार ८८९ जना निको भइसकेका छन् भने १६ लाख ७९ हजार १२१ सक्रिय संक्रमित रहेका छन् ।

विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड २२ लाख २२ हजार ४३४ संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ८० हजारभन्दा बढी संक्रमित थपिएका छन् भने ८७९ जनाको मृत्यु भएको छ ।