
एजेन्सी । तमिल फिल्मका लोकप्रिय अभिनेता विवेकको चेन्नईको उपचारको क्रममा चेन्नईको एक अस्पतालमा निधन भएको छ । अभिनेताको शुक्रबार बेलुकी साढे चारमा निधन भएको अस्पतालको तर्फबाट जारी गरिएको मेडिकल बुलेटिनमा उल्लेख छ ।
अभिनेतालाई शुक्रबार बिहान करिब ११ बजे छातीमा पीडा भएपछि बेहोसीको स्थितिमा अस्पतालको इमर्जेन्सी रुममा ल्याइएको थियो । बिग्रँदो स्थिति देखेर उनकी श्रीमती र छोरीले उनलाई अस्पताल पुर्याएका थिए ।
अस्पतालका उपाध्यक्ष डाक्टर राजू शिवसामीले यो अचानक आएको तीब्र कोरोनरी सिन्ड्रोमका साथै कार्डियोजेनिक शकका कारण भएको बताए । यसको कोरोना भ्याक्सिनसँग कुनै लेनादेना छैन । साथै रिपोर्टमार्फत् उनलाई कोरोनाको संक्रमणसमेत नभएको पुष्टि भएको छ ।
विवेकलाई पहिलो पटक यसरी अस्पताल ल्याइएको थियो । उनको रक्तचाप थोरै हाई थियो । अभिनेताको निधनले प्रशंसकबीच शोक व्यत्त गरेका छन् ।
को हुन् विवेक
५९ वर्षीय विवेकको जन्म दक्षिण तमिलनाडुको कोविलपट्टीमा भएको थियो । उनी अभिनेताका साथ साथै कमेडियन पनि थिए । वरिष्ठ निर्देशक बालाचन्दरसँग मिलेर सह निर्देशक र स्क्रिप्ट राइटरको रुपमा सन् १९८० मा विवेकले फिल्म यात्रा सुरु गरेका थिए ।
विवेकको प्रतिभा देखेर खुसी भएर बालाचन्दरले उनलाई एक तमिल फिल्म ‘मनादिल उरुदी वेन्डुम’ मा सन् १९८७ मा सानो भूमिका प्रदान गरेका थिए ।
विवेकलाई उनको परफेक्ट कमिक टाइमिङबाहेक तेज दिमागका लागि पनि चिनिन्थ्यो । उनी निकै सहज रुपमा कसैको पनि मिमिक्री गर्न सक्दथे । उ
नले रजनीकान्त, कमल हासन, उन्होंने रजनीकांत, कमल हासन, अजित, विजय, माधवन र विक्रम संग काम गरेका सगए । माधवनको फिल्म उनको लागि सबभन्दा ठुलो साबित भयो । फिल्ममा काम गदै गर्दा उनलाई सरकारले पद्मश्री अर्वाड प्रदान गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्