
काठमाडौं । गायक युवराज चौलागाईंको नयाँ गीत ‘घुर घुर’ सार्वजनिक भएको छ ।
गीतमा चौलागाईंकै स्वर र संगीत गीतमा रहेको छ । गीतले वैदेशिक रोजगारीका लागि गाउँ छोडेको एक युवकको कथा बोलेको छ ।
गीतको भिडियोमा गायक युवराज चौलागाईं र नायिका वर्षा राउत फिचर्ड छन् ।
धिरजजंग शाहले खिचेको भिडियोको सम्पादन विकास धमलाले गरेका छन् । भिडियो निर्देशन निकेश खड्काले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्