१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


असिना पानीले क्षेत्रमा १२ हेक्टरमा लगाइएकाे तरकारी सखाप


0
Shares

धनकुटा । बिहीबार र शुक्रबार बेलुकी परेको असिना पानीका कारण तरकारी पकेट क्षेत्रमा व्यापक क्षति पुर्‍याएको छ ।

असिनाले छथरजोपाटी गाउँपालिको सिंधुवा, सल्ले, मजुवा र महालक्ष्मी नगरपालिकाको मुर्तिढुगा लगायत क्षेत्रमा १२ सय १० हेक्टर भन्दा बढी क्षेत्रफलमा लगाइएको तरकारी बाली नष्ट भएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई तेह्रथुमका अनुसार असिना पानीको कारण यहाँ लगाइएको आलु, बन्दाकोपी, फूलकोपी, मटहर, साग लगायतको तरकारी बाली नष्ट हुदाँ करिब २० करोड मूल्य बराबरको क्षति भएको छ ।

टनेलमा गरेको खेती समेत असिनाका कारण नष्ट भएको छ ।