
एजेन्सी । भारतमा कोरोना संक्रमणले नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी २ लाख ३३ हजार ९४३ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै भारतमा लगातार तेस्रो दिन संक्रमितको संख्या दुई लाख नाघेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३४१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । विश्वको कुल संक्रमित संख्याको आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या एक करोड ४५ लाख २१ हजार ६८३ पुगेको छ । संक्रमितमध्ये एक करोड २६ लाख ६६ हजार ८८९ जना निको भइसकेका छन् भने १६ लाख ७९ हजार १२१ सक्रिय संक्रमित रहेका छन् ।
पछिल्ला दिनमा महाराष्ट्र, दिल्ली, गुजरात, मध्यप्रदेश, उत्तरप्रदेश, आन्ध्रप्रदेश, तमिलनाडु, बिहारलगायतका राज्य संक्रमण फैलने क्रम तीव्र बनेको छ । संक्रमण रोकथाम र नियन्त्रणका लागि विभिन्न राज्यहरुमा कर्फ्यु र लकडाउन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्