
बर्दिया । जिल्लामा बिहीबारदेखि बेपत्ता एक बालिका भेटिएकी छन् । बेपत्ता भएकी मधुवन नगरपालिका–२ ओराली बजारकी सम्पन्नता थारु शनिबार बिहान सुर्खेतमा भेटिएकी हुन् ।
थारुलाई एक पुरुषले ललाइफकाइ सुर्खेत लगेको खुल्न आएको प्रहरीले जनाएको छ । दुवैलाई प्रहरीको सहयोगमा बर्दिया ल्याउने कार्य भइरहेको छ ।
ईमेजखबर डटकममा शुक्रबार तस्बिरसहितको बालिका बेपत्ता भएको समाचार प्रकाशित भएको थियो । बिहीबार बिहान ९ बजे विद्यालय हिडेकी बालिका उतैबाट बेपत्ता भएकी थिइन् । थारु नेपाल नमूना मावि ढोढरीमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन् ।
यो पनि पढ्नुहोस्
बर्दियामा विद्यालय हिँडेकी बालिका बेपत्ता
प्रतिक्रिया दिनुहोस्