१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेदरल्याण्ड्सद्वारा नेपाललाई १ सय ३६ रनको लक्ष्य, आलम महंगाे सावित


0
Shares

काठमाडौं । थ्री नेसन्स अन्तर्राष्ट्रिय टी–२० सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्सले नेपाललाई एक सय ३६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ३५ रन बनायो । उसका लागि बसदे लीदेले सर्वाधिक ४१ रन बनाउँदा स्कट एडबार्ड ३०, कप्तान पिटर सीलार २३, एन्टोनुस स्टालले २० रन बनाए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले २ तथा सोमपााल कामी र सहाब आलमले १–१ विकेट लिए । साहब आलम आफ्नो डेब्यु खेलमा केहि महंगो सावित भए । उनले चार ओभरमा ४५ रन खर्चिएर एक विकेट लिए ।

नेपाल अहिले जवाफी ब्याटिङ गर्दैछ ।