
काठमाडौं । थ्री नेसन्स टी–ट्वेन्टी क्रिकेट सिरिज अन्तर्गतको नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा नेपालले ९ विकेटको पहिलो जित निकालेको छ ।
१ सय ३७ रनको लक्ष्य पछ्याएको नेपालले १ विकेट गुमाएर १५ ओभरमा लक्ष्य पूरा गर्यो । नेपालका लागि डेब्यु गरेका कुशल भुर्तेल र आशिफ शेखले अर्धशतकीय पारी खेले ।
भुर्तेलले ४६ बलमा ६२ रन बनाउँदा, शेखले ३८ बलमा ५४ रन बनाउँदै नटआउट रहे । कप्तान ज्ञानेन्द्र मल्लले पनि ७ बलमा १३ रन बनाएर नटआउट खेले ।
बलिङतर्फ नेदरल्याण्ड्सका जुलिएन डी मेले एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ३५ रन बनायो ।
उसका लागि बसदे लीदेले सर्वाधिक ४१ रन बनाउँदा स्कट एडबार्ड ३०, कप्तान पिटर सीलार २३, एन्टोनुस स्टालले २० रन बनाए ।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले २ तथा सोमपााल कामी र सहाब आलमले १–१ विकेट लिए । साहब आलम आफ्नो डेब्यु खेलमा केहि महंगो सावित भए । उनले चार ओभरमा ४५ रन खर्चिएर एक विकेट लिए ।
पहिलो खेलमा जित निकालेसँगै नेपालले २ अंक बनाएको छ । डबल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगितामा सबैभन्दा बढी अंक बनाउने दुई टीमबीच फाइनल प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा नेपाल र नेदरल्यान्ड्ससँगै मलेसिया पनि रहेको छ ।
प्रतिक्रिया दिनुहोस्