१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जनस्वास्थ्यका सुरक्षात्मक उपाय अपनाउन राष्ट्रपतिको आह्वान


0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको जोखिम बढ्दै गएका कारण जनस्वास्थ्यका सुरक्षात्मक उपायहरु अपनाउन आह्वान गर्नुभएको छ ।

शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत आज उहाँले सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न सबैलाई आग्रह गर्नुभएको हो ।

राष्ट्रपतिको ट्वीटमा भनिएको छ, ‘कोभिड–१९ महामारी विरुद्ध नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यताका कारण यो नियन्त्रण उन्मुख रहेकोमा केही समययता संक्रमणको जोखिम पुनः बढेर गएको हुनाले सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपायहरू अझ कडाईका साथ पालना गर्न म सबैमा हार्दिक आह्वान गर्दछु ।’