
उदयपुर । पानी नपर्दा उदयपुरमा चैते धान रोप्न ढिला भएको छ । चैतमा रोपेर साउनमा पाक्ने धान यो वर्ष अहिलेसम्म पनि वर्षा नभएपछि रोप्न नसकेको किसानहरूको गुनासो छ ।
चैत लाग्दैदेखि सुरु गरिने चैते धानको रोपाईं बैशाख लागिसक्दासम्म सुरु हुन सकेको छैन । लामो खडेरी, हावाहुरी र सुख्खा मौसममा कारण खोलाको पानी सुकिसकेकाले वर्षा नभएसम्म रोपाईं सम्भव नभएको हो । पानी नपरेकै कारण रोपाईं गर्न राखेको धानको विउ पनि राम्रोसँग उम्रेको छैन ।
उयदपुरमा १४ हजार हेक्टर क्षेत्रफलमा चैते र बर्खे धान खेती लगाउने गरिएको छ । जसमध्ये सिँचाइ सुविधा पुगेको धान खेतीको क्षेत्रफल ७ हजार ३ सय ३ हेक्टर मात्र छ ।
प्रतिक्रिया दिनुहोस्