
अर्घाखाँची । असिना र हावाहुरीसँगै परेको चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।
मालारानी गाउँपालिका–३ का भरत चौहानका ९ वर्षीय छोरा सौरभ चौहानको चट्याङ लागेर मृत्यु भएको वडाअध्यक्ष शेभाखर खनालले जानकारी दिनुभयो ।
आँगनमा असिना खेलाइरहेका चौहानलाई चट्याङले हानेपछि बेहोस भएका उनको जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्