
धनकुटा । महालक्ष्मी नगरपालिकाको चानुवास्थित भूतडाँडामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महालक्ष्मी नगरपालिकाको चानुवास्थित भूतडाँडाका चन्द्रबहादुर कार्की रहेका छन् । सोही गाउँका अन्य नौ जना करेन्ट लागेर घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।
घाइतेहरूलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । हावाहुरीका कारण शुक्रबारदेखि नै चानुवामा विद्युत् अवरुद्ध थियो ।
शनिबार बिहान एक्कासी आएको हाइभोल्टेट बिजुलीमा मोबाइल चार्ज गर्न खोज्दा उनीहरूलाई करेन्ट लागेको धनकुटाका प्रहरी उपरीक्षक गोविन्द अधिकारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्