
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लुम्बिनी प्रदेशमा पनि सरकार परिर्वतन हुने संकेत गर्नुभएको छ ।
सरकार परिर्वतन गर्न करिब–करिब बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षर संकलन भइसकेको उहाँले बताउनुभयो ।
शनिबार पार्टी निकट शिक्षक संगठनको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष दाहालले मुलुकको राजनीति प्रतिक्रियावादी र उग्र गुटवादी षड्यन्त्रको ‘क्लाइमेक्स’मा पुगेको टिप्पणी गर्नुभयो ।
राजनीतिक स्थिरता देख्न नचाहने र अस्थिरता निम्त्याउन खोज्ने उनीहरूको प्रतिकारमा आफूहरू लागेको भन्दै अध्यक्ष दाहालले कर्णालीमा के भयो भन्ने सबैले देखेको बताउनुभयो ।
अध्यक्ष दाहालले केन्द्रमा पनि अन्योल र अराजकताको स्थिति अन्त्य गर्न आफुहरुले लगातार प्रयास गरिरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्